बाल विबाह रोक्न कपिलवस्तुमा ‘किशोरी भलिबल’ प्रतियोगिता

समाजमा बालविबाह रोक्न कपिलवस्तुमा किशोरी भलिबल प्रतियोगिता आयोजना गरिएको छ। ‘बाल विबाह रोक्न म नेतृत्व लिन्छु’ भन्ने नाराका साथ जिल्लास्तरीय किशोरी सशक्तीकरण संजाल कपिलवस्तुले तौलिहवामा किशोरी भलिबल प्रतियोगिता आयोजना गरेको हो। किशोरको तुलनामा किशोरीहरू घर समाजमा कुण्ठित भएर बस्नुपर्ने अवस्थाकाे अन्त्यका लागि खेलको माध्यमबाट सामाजिक जागरुकता ल्याउने उद्देश्यसहित आयोजित प्रतियोगितामा जिल्लाका ३ वटा कलस्टरहरूको सहभागिता रहेको छ।

शनिबार आयोजित प्रतियोगिताको फाइनलमा कृष्णनगर नगरपालिका ५ स्थित रोज किशोरी समूह, यशोधरा गाउँपालिका ७ स्थित शिव शक्ति किशोरी समूह र शुद्धोधन गाउँपालिका ६ स्थित दुर्गा किशोरी समूहबीच प्रतिस्पर्धा भएको थियो। उनीहरू जिल्लाका विभिन्न ८ वटा किशोरी समूहबीचको भिडन्तबाट विजयी भई फाइनल यात्रा तय गर्न सफल भएका हुन्।

फाइनल खेलमा शिवशक्ति किशोरी समूह प्रथम, रोज किशोरी समूह द्वितीय र दुर्गा किशोरी समूह तृतीय भएका छन्। उनीहरूलाई मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको केयर नेपालका जिल्ला संयोजक गोबिन्द धवलले जानकारी दिए। गाउँ समाजमा किशोरीहरूको व्यक्तिगत तथा सामाजिक जीवन किशोरको तुलनामा कम विकास भएकाले उनीहरूमा खेलको माध्यमबाट क्षमता अभिबृद्धि गर्ने र सामाजिक मूल्य मान्यतामा आमूल परिवर्तन ल्याउने दलित सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक धवले बताए।

Comments

comments

You might also like More from author

Leave A Reply

Your email address will not be published.