दार्चुलामा ४.६ रेक्टर स्केलको भुकम्प

शंकर अवस्थी रेडियो झलारी एफ एम कञ्चनपुर जेठ, १० गते
दार्चुलामा बिहिवार राति ८ बजेर १० मिनेटमा भुकम्पको धक्का महसुस भएको छ । दार्चुला जिल्ला सदरमुकाम भन्दा ५० किलोमिटर टाढा भारतको उत्तराखन्डको खेत भन्ने स्थान केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका चन्दा साहले जानकारी दिनुभयो ।
दार्चुला जिल्लाको सदरमुकाम सहित ब्यास, दुहु, मार्मा, लेकम सबै क्षेत्रमा धक्का महसुस गरिए पनि अहिलेसम्म भुकम्पबाट भौतिक तथा मानबिय कुनैपनि क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । भूकम्पिय दृष्टिकोणले जोखीमयुक्त मानिएको दार्चुला जिल्ला आसपासको क्षेत्रमा समयसमयमा भुकम्प जानेगरेको छ ।

Comments

comments

You might also like More from author

Leave A Reply

Your email address will not be published.