आमाबुबाको नाममा पत्र लेखि डडेलधुरामा एक प्रेमजोडी झुण्डिएको अवश्थामा फेला

डडेल्धुरा, बैशाख २८ – डडेल्धुराको अजयमेरु गाउँपालीका १ समैजीको सिलङ्गि भन्ने खोलामा एक किशाेर र एक किशाेरीको शव फेला परेको छ ।

तीन दिनदेखी घरमा नआएका पछि उनका परिवारले खोजी गर्दै जाँदा बिहीबार आफन्तले नै मृत अवस्थामा भेटाएको स्थानीयले बताएका छन् ।

किशाेरी अजयमेरु गाउँपालीका १ समैजीकी १७ बर्षीय बिमला ऐर रहेको स्थानीयले बताएका छन् । किशाेर भने नवदुर्गा गाउँपालीका वडा नम्बर ४ सिरोड बस्ने १७ बर्षीय राजेन्द्र साउँद रहेको परिवारीक स्रोतले बताएको छ ।

शवकाे पोष्टमार्टमका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएकाे प्रहरीले जनाएको छ । शवको नजिकै आमाबुवाको नाममा एक पत्र समेत भेटिएकाे जनाइएकाे छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Comments

comments

You might also like More from author

Leave A Reply

Your email address will not be published.