विद्यार्थीलाई लक्षित अक्षय कोष स्थापना

रेडियो झलारी एफ एम     जनक विष्ट, धनगढी बैशाख १०  

कञ्चनपुरको वेदकोट नगरपालिका  वडा नम्बर २ मा गरिब तथा जेहेनदार विद्यार्थीलाई लक्षित गर्दै ५ लाख बराबरको विद्यार्थी अक्षय कोष स्थापना गरिएको छ। वडाअध्यक्ष नरेश सिहको अध्यक्षतामा आइतबार बसेको सर्वपक्षिय बैठकले विद्यालयको पहुँच भन्दा बाहिर रहेका गरिब तथा जेहेनदार विद्यार्थीको सहयोगार्थ अक्षय कोष स्थापना गरिएको हो। वडाअध्यक्ष सिहले वडामा रहेका विद्यालय व्यवस्थापन समिति,सामुदायिक वन, उद्योगी व्यापारी र विभिन्न संघसंस्थाको संयुक्त पहलमा स्थापना गरिएको अक्षय कोषले विद्यालयको पहुच बाहिर रहेका गरिब, जनजाती, आदिवासी, सुकुम्बासी तथा जेहेनदार विद्यार्थीलाई पढाउने लक्ष्य रहेको बताए। अक्षय कोषको रकम बढाउदै लगिने उनले जानकारी दिए।

http://dineshkhabar.com/content/877

Comments

comments

You might also like More from author

Leave A Reply

Your email address will not be published.