शुक्लाफाँटा नगर १० झलारीमा हात्तिपाईले रोग निवारण सम्वन्धी अन्तरक्र्रियात्मक कार्यक्रम सम्पन्न ,अभियानमा सबैले महत्वपूर्ण भूमिका खेल्न नगरप्रमुख ऐरको आग्रह

शुक्रवार, फागुन ११, २०७४
कञ्चनपूरको शुक्लाफाटा नगरपालिका १० झलारीमा हात्तिपाईले रोग निवारण सम्वन्धी अन्तरक्र्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । छैटौ चरणको हात्तिपाईले (लिम्फ्याटिक फाईलेरीया) रोगको औषधी खुवाईने अभियानको पुर्वसन्ध्यामा जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरद्धारा बिहीबार आयोजित कार्यक्रमको अध्यक्षता शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले गर्नुभएको थियो भने अतिथीहरुमा क्रमस ः शुक्लाफाटा नगरपालिका नगर उपप्रमुख तुलसीदेवी हमाल , शुक्लाफाटा नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढा, शुक्लाफाटा नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष शिवराज पनेरु , ६ का वडाध्यक्ष जगता राना , ८ का वडाध्यक्ष बहादुर सिंह महरा , नेपाल रेडक्रस सोसाईटी झलारी साखाका प्रतिनीधि , शुक्लाफाटा नगरपालिका स्वास्थ्य साखाका प्रतिनीधि , स्वास्थ्यकर्मी , ईलाका प्रहरी कार्यालय झलारीका प्रतिनीधि , विभिन्न संघ संस्थाका प्रतिनीधि , सञ्चारकर्मी , लगायत सम्पुर्णको सहभागिता रहेको थियो ।कार्यक्रममा यही फाल्गुन १२ गतेबाट सुरु हुने हात्तिपाईले (लिम्फ्याटिक फाईलेरीया) रोगको छैटौ चरणको औषधी खुवाईने अभियानलाई सफल पार्न सवैले आ.आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्नेमा जोड दिईएको थियो ।अशिक्षित भन्दा पनि शिक्षित वर्गले हेल्च्याक्र्याई गरी औषधी सेवन नगर्दा समस्या भएकाले अभियानमा कसैलाई पनि छुट्न नदिन फाल्गुन १२, १३,१४ गते अभियान चलाईएको स्वास्थ्यकर्मीले जानकामरी दिएका हुन् ।
कार्यक्रममा बोल्दै नगरप्रमुख ऐरले नेपाल सरकारको हात्तिपाईले (लिम्फ्याटिक फाईलेरीया) रोग निवारण अभियान लाई सफल पार्न साथै शुक्लाफाटा नगरपालिकालाई रोग मुक्त नगर बनाउन सबैले औषधी सेवन गर्न र सहयोग गर्न आग्रह गर्नुका साथै आफु समेत अभियान मा भुमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो ।
हात्तिपाइले रोग क्यूलेक्स् जातको पोथी लाम्खुट्टेले सार्ने गर्दछ ,यो रोगको जिवाणू स्वस्थ्य व्यक्तिमा समेत हुने भएकाले लाम्खुट्टेको टोकाईबाट बाच्न , गर्भवती महिला ,२ वर्ष मुनिका बालबालीका , सिकिस्त बिरामी, ७ दिनकी सुत्केरी महीला बाहेक सबैले औषधी सेवन गर्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । साथै यो बर्ष समेत शुक्लाफाँटा नगरमा प्रत्येक वडामा २÷२ जनका दरले नगरका १२ वटै वडामा ८८ महीला स्वास्थ्य स्वयमसेवीका र त्यत्तिकै संङ्खयामा स्वयमसेवक खटाईने भएका छन् । औषधी सेवन गरेपछि देखापर्ने लक्षण सामान्य भएकाले स्वास्थ्यमा कुनै असर नपर्ने साथै असर बढी नै देखापरे नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न समेत स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

Comments

comments

You might also like More from author

Leave A Reply

Your email address will not be published.