तेस्रो लालझाडी टि( ट्वान्टी कप क्रिकेट बुधबार देखि सुरु हुँदै

शंकर अवस्थी, कञ्चनपुर, १०

कञ्चनपुरको दक्षिणी भेगमै सर्वाधिक राशीको एसपिए लालझाडी कप क्रीकेट टि(ट्वान्टी प्रतियोगिता पुनर्वासको अमरबस्तीमा भोलि बुधबार देखि सुरु हुने भएको छ ।
जिल्लाको दक्षिणी भेगको पुनर्वास स्थित लालझाडी युवा क्लव(११को आयोजनामा स्थानीय राष्ट्रिय माविको खेल मैदानमा प्रतियोगिताको बुधबार बिहान ११ बजे बिधिवत उद्घाटन भइ सुरु हुने भएको छ । माघ २० गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल(भारतका गरि १६ टिमको सहभागिता रहने आयोजक क्लबले जनाएको छ ।
सदरमुकाम देखि झन्डै ७५ किमि पुर्वी दक्षिणी भेगमा रहेको पुनर्वासमा आयोजना गरिएको यो प्रतियोगिता सर्वाधिक राशिको भएकाले यो खेलले महत्व पाएको छ । यो प्रतियोगितामा बिजेता प्रथम टिमलाई ५० हजार, द्वितीय हुनेलाई २५ हजार , म्यान अफ द सिरीज १ जनालाई ५ हजार, उत्कृष्ट ब्याट्सम्यान,वलर, फिल्डर र विकेट किपर लाइ जनहि ३–३ हजार पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
यस्तै म्यान अफ द म्याच हुने खेलाडिले १ हजार नगद तथा ट्रफी र पाउने छन् । पुनर्वासमा सर्वाधिक महत्वको मानिएको लालझाडी कपको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्च्ल एकेडेमी र सहप्रायोजक भुमिइटा उद्योग र वावु अटोसेल्स अत्तरीया रहेको लालझाडी युवा क्लबका प्रेस सल्लाहकार केशव भट्टराईले बताए ।

Comments

comments

You might also like More from author

Leave A Reply

Your email address will not be published.