नेपालमै पहिलो पटक धनगढीमा महिला गोल्डकपको आयोजना हुने

खप्तड गोल्डकपको आय व्यव सार्वजनिक

धनगढी माघ ०९

नेपालमै पहिलो पटक धनगढीमा महिला गोल्डकपको आयोजना हुने भएको छ । सुदुरपश्चिम खप्तड गोल्डकप आयोजना गर्दै आएको सुदुरपश्चिम ११ स्पोर्टस क्लवले नेपालमै पहिलो पटक महिला गोल्डकपको आयोजना गर्न लागेको हो । दोस्रो संस्करणको सुदरपश्चिम खप्तड गोल्डकपको आय व्यव सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा सुदुरपश्चिम ११ स्पोर्टस क्लवले महिला गोल्डकपको घोषणा गरेको हो । फागुन अन्तिम सातातिर आयोजनाको तयारी थालिएको महिला गोल्डकपको विजेताले ५ लाख र उपविजेताले ढाई लाख नगद हात पार्नेछन । सुदुरपश्चिम खप्तड महिला गोल्डकपमा ६ देशका विभिन्न स्थानका र दुई वटा विदेशी टीमहरुको सहभागीता रहने सुदरपश्चिम ११ स्पोर्टस क्लवका वरिष्ठ उपाध्यक्ष वावुराजा श्रेष्ठले जानकारी दिए ।

खप्तड गोल्डकपको आय व्यव सार्वजनिक
यता दोस्रो संस्करणको नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको आय व्यव सार्वजनिक गरिएको छ । दोस्रो संस्करणवाट झण्डै एक लाख ६५ हजार वढी रकम घाटा भएको आयोजकले जनाएको छ । साढे ९१ लाख रकम खर्च भएकोमा एक लाख ६५ हजार ५ सय १६ रुपैया घाटा भएको सुदुरपश्चिम ११ स्पोर्टस क्लवका महासचिव प्रकाश शाहीले सार्वजनिक गरे ।
विभिन्न ३७ वटा शिर्षमा आम्दानी भएकोमा २१ वटा शिर्षकमा रकम खर्च भएको छ । मुख्य प्रायोजक सिजि गु्रप्रले सवैभन्दा वढी २० लाख रकम दिएकोमा १९ लाख टिकटवाट उठेको थियो । सहप्रायोजक नेपाल टेलीकम र जगदम्वा स्टिलले ४÷४ लाख रकम दिएकोमा विभिन्न व्यापारिक प्रतिष्ठान र संघ संस्थाहरुवाट पनि गोल्डकप आयोजना गर्नका लागि सहयोग भएको थियो । खर्च तर्फ सवैभन्दा वढी टीम व्यवस्थापन खर्चमा साढे ३३ लाख रकम खर्च भएको छ । त्यस्तै पुरस्कार खर्च २२ लाख भएको आयोजकले कार्यक्रममा जानकारी दिएको छ ।

Comments

comments

You might also like More from author

Leave A Reply

Your email address will not be published.