बैतडीमा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिता : दुर्गास्थान र ग्वाल्लेक भिड्दै

विनोद सिंह विष्ट–बैतडी,७ माघ–
बैतडीमा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ मा आज पनि समूह चरणका दुई खेल सम्पन्न हुने भएका छन् ।
बुड्डाबाजे क्रिकेट मैदान,रातामाटामा विहान ९ बजे हुने पहिलो खेलमा दशरथचन्द नगरपालिकाको वडा नम्वर ७ दुर्गास्थान र वडा नम्वर ९ ग्वाल्लेक आमनेसामने हुँदा मध्यान्ह १२ बजे पछी हुने दोस्रो खेलमा वडा नम्वर ५ दशरथचन्दले र वडा नम्वर ९ ग्वाल्लेकको सामना गर्ने भएको छ । यसअघि शनिवार भएको खेलमा बाराकोटलाई २ विकेटले स्तब्ध पार्दै खलंगाले अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ भने देहिमाण्डौं पनि यसअघि नै सेमिफाईनलमा पुगिसकेको छ ।
शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ , नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको हो । टि ट्वान्टी फरम्याटमा भईरहेको प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र म्यान अफ द सिरीज १ जनालाई ५ हजार नगद, ट्रफी र प्रमाणपत्र राखिएको छ । माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ टिमको सहभागिता रहेको छ । माघ ३ गतेदेखि सुरु भएको मेयरकप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।

Comments

comments

You might also like More from author

Leave A Reply

Your email address will not be published.