मेयरकप क्रिकेट : समूह“बी”का खेलहरु हुदै

विनोद सिंह विष्ट–बैतडी,५ माघ–
बैतडीको दशरथचन्द नगरपालिकामा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत आज समूह“बी”का दुई खेलहरु सम्पन्न हुने भएका छन् ।
बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा बिहान ९ बजे हुने पहिलो खेलमा दशरथचन्द नगरपालिकाको वडा नम्बर १ गुरुखोला र वडा नम्बर १० बाराकोट भिड्ने भएका छन् ।
यस्तै मध्यान्ह साढे १२ बजेपछी हुने दोस्रो खेलमा वडा नम्बर १ गुरुखोला र वडा नम्बर ४ खलंगाबिच प्रतिस्प्रर्धा हुने भएको छ ।
यसअघि बिहीवार सम्पन्न समूह “ए”को अन्तिम खेलमा दशरथचन्द नगरपालिकाको वडा नम्बर ८ त्रिपुरालाई ६ विकेटले पाखा लगाउदै वडा नम्बर २ देहिमाण्डौंले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ , नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको हो ।
टि ट्वान्टी फरम्याटमा भईरहेको प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र म्यान अफ द सिरीज १ जनालाई ५ हजार नगद, ट्रफी र प्रमाणपत्र राखिएको छ ।
माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ टिमको सहभागिता रहेको छ ।
माघ ३ गतेदेखि सुरु भएको मेयरकप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।

Comments

comments

You might also like More from author

Comments are closed.