आजदेखि कैलालीको अत्तरियामा प्रदेश स्तरिय फुटबल प्रतियोगिता ः दिउँसो १ बजे उद्घाटन गरिने

कैलाली माघ, ४, २०७४

कैलालीको अत्तरियामा आजदेखि आयोजना हुने ७ नं प्रदेश स्तरिय लक्ष्मी कथ्था DLMC कप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ । दुर्गालक्ष्मी बहुमुखि क्याम्पसको आयोजनामा हुने प्रतियोगिताको आज दिउँसो १ बजे उद्घाटन गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको कैलाली क्षेत्र नं ४ का प्रदेश सासंद कृष्णराज सवेदीले उदघाटन गर्ने कार्यक्रम तयभएको आयोजकका तर्फबाट संयोजक सन्तोष भट्टले जानकारी दिएका छन ।

प्रदेश नं ७ को खेलकुद विकास र विद्यार्थीहरुलाई पढाईसंगै खेलतर्फ आकर्षित गराउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डम्बरबहादुर पालले बताए ।

गोदावरी नगरपालिकाको वडा नं २ तेघरी स्थीत बिवाईसी खेल मैदानमा १० दिन सम्म चल्ने प्रतियोगितामा विद्यालय एवम क्यापसमा अध्यान गर्ने नेपाली खेलाडीहरुल मात्र सहभागि हुन पाउने क्याम्पस प्रमुख पालले बताए ।

प्रतियोगितामा प्रथम र दोस्रो स्थान हासिल गर्ने टिमलाई क्रमसः नगद १ लाख ११ हजार १ सय ११ रुपैया, ५५ हजार ५ सय ५५ रुपैया र ट्रफी तथा मेडल सहितको पुरस्कार प्रदान गरिने आयोजक समितीका कोषाध्यक्ष डण्डीराज जोशीले बताए । त्यस्तै १ जना उत्कृष्ट खेलाडीलाई १० हजार र बाँकि विभिन्न विधाका उत्कृष्टहरु प्रत्येकलाई ५ हजारका दरले पुरस्कार प्रदान गरिने पनि जोशीले जानकारी दिए ।

यस्तै प्रत्येक खेलका म्यान अफ दि म्याच प्रत्येकलाई १ हजारका दरले पुरस्कार प्रदान गरीने समेत कोषाध्यक्ष डण्डीराज जोशीले बताए ।

प्रतियोगितामा प्रदेश नं ७ का विभिन्न विद्यालय र क्याम्पसबाट जमा १२ ओटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । १३ गते सम्म चल्ने प्रतियोगिताको भोली उद्घाटन खेलमा आयोजक दुर्गालक्ष्मी बहुमुखि क्याम्पसको बि टिम र अत्तरियाको जेके माध्यामिक विद्यालयबिच हुने संयोजक सन्तोष भट्टले जानकारी दिएका छन ।

Comments

comments

You might also like More from author

Leave A Reply

Your email address will not be published.