बैतडीमामा जारी मेयरकप क्रिकेटमा आज दुई खेल हुदै

बैतडी,४ माघ-
बैतडीको दशरथचन्द नगरपालिकामा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत आज दुईवटा खेल हुने भएका छन् ।
बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा बिहान ९ बजे हुने पहिलो खेल वडा नम्वर ८ र वडा नम्वर ११ भिड्नेछन् भने मध्यान्ह साढे १२ बजेपछी हुने दोस्रो खेलमा वडा नम्वर २ र वडा नम्वर ८ आमनेसामने हुने भएका छन् । यसअघि बुधवार भएको उद्दघाटन खेलमा वडा नम्वर २ लाई ८० रनले पाखा लगाउदै वडा नम्वर ११ ले पहिलो जीत दर्ता गरेको थियो । वडा नम्वर ११ ले आजको खेलमा पनि जीत हात पार्यो भने सिधै सेमिफाईनलमा प्रवेश गर्नेछ ।
शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ , नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता जारी रहेको हो ।
टि ट्वान्टी फरम्याटमा भईरहेको प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार नगद , ट्रफी र प्रमाणपत्र , द्वितीय पुरस्कार ३० हजार नगद, र म्यान अफ द सिरीज १ जनालाई ५ हजार नगद, ट्रफी र प्रमाणपत्र राखिएको छ । माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका ११ टिमको सहभागिता रहेको छ ।
बुधवारदेखि सुरु भएको मेयरकप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।

Comments

comments

You might also like More from author

Leave A Reply

Your email address will not be published.