मेयरकप क्रिकेट प्रतियोगिताको तयारी पुरा

विनोद सिंह विष्ट–बैतडी,२ माघ-
शहीद दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकामा बुधवारदेखि सुरु हुने प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ तयारी पुरा भएको छ । प्रतियोगिताको बुधबार बिहान १० बजे एक औपचारिक कार्यक्रमकाबिच उद्दघाटन गरिने भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले संयुक्त रुपमा प्रतियोगिताको उद्दघाटन गर्ने कार्यक्रम रहेको मेयर कप क्रिकेट प्रतियोगिताका सल्लाहकार तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्दघाटन खेलमा दशरथचन्द नगरपालिकाको वडा नम्बर २ देहिमाण्डौं र वडा नम्बर ११ नागार्जुनविच हुने भएको छ । उक्त उद्दघाटन खेल दिउँसो साढे १२ बजेपछी सुरु हुने जनाईएको छ ।
दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ , नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । दशरथचन्द नगरपालिका १० स्थित बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा सञ्चालन हुने प्रतियोगिता टि ट्वान्टी फरम्याटमा हुने जनाईएको छ ।
माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका ११ टिमको सहभागिता रहने भएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार नगद , ट्रफी र प्रमाणपत्र , द्वितीय पुरस्कार ३० हजार नगद, र म्यान अफ द सिरीज १ जनालाई ५ हजार नगद, ट्रफी र प्रमाणपत्र राखिएको छ ।
मेयरकप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।

Comments

comments

You might also like More from author

Comments are closed.