गोरु जुधाईको आकर्षण बढ्दो, नुवाकोटका तीन स्थानमा जुधाईदै

नुवाकोट, माघ, २

माघे सक्रान्ति पर्वका नुवाकोटका तीन ठाउँमा गोरु जुधाई मेला हुँदैछ । नुवाकोटमा गोरु जुधाएर यो पर्व मनाउने गरिन्छ ।

जिल्लाका  तारुका, बेत्रावती र पञ्चकन्यामा गोरु जुधाई मेला हुन लागेको हो । “तारुकाको पौरख नेपालको गौरव” भन्ने नारा सहित तार्केश्वर गाउँपालिका वडा नम्बर ३ तारुकामा २० हल गोरु जुधाईदैछ ।

जिल्लाको बुधसिङ, तारुका, धादिङको खाल्टे, कल्लेरी र धुवाकोटका किसानहरुको गोरु जुधाउनको लागि दर्ता भएको छ । बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा राजकुमार जयपृथ्वीबहादुर सिंहको उपस्थितीमा विक्रम सम्वत १८ सय ८७ सालदेखि सुरु भएको गोरु जुधाई महोत्सवलाई २०६२ सालदेखि स्थानीय युवाहरुले संस्कृतिको संरक्षण तथा पर्यटनको प्रर्वधनमा केन्द्रित रहेर व्यवस्थित रुपमा गोरु जुधाई पर्वको रुपमा मनाउँदै आएका छन् ।

गोरु जुधाई मेलालाई लक्षित गरी सोमबार दैनिक ८ घण्टा बन्द हुँदै आएको गल्छी–देवीघाट सडकखण्ड बन्द नहुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाले जनाएको छ ।
यस्तै नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० बेत्रावतीमा १० हल गोरु जुधाउनको लागि दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ । २०६७ सालदेखि बेत्रावतीमा व्यवस्थित रुपमा गोरु जुधाईदै आइएको छ ।
यसैगरी पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ पञ्चकन्यामा पनि सोमबार १० हल गोरु जुधाईने भएको छ । पञ्चकन्यामा रहेको नवप्रतिभा युवा समूहले आयोजना गर्न लागेको गोरु जुधाईको लागि १० हल गोरु पालक किसानहरुले नाम दर्ता गराएका छन्

गोरु जुधाउनको लागि थप्रेक, समुन्द्रादेवी, पञ्चकन्या, भद्रुटार र महाकालीमा रहेका किसानहरुले नाम दर्ता गरेका छन् ।

Comments

comments

You might also like More from author

Comments are closed.