एम एन आर ह्याप्पी क्लवको माघी मिलन तथा चियापान कार्यक्रम सम्पन्न

एम एन आर ह्याप्पी क्लवको आयोजनामा कञ्चनपूरको महेन्द्रनगरमा विभिन्न संघ संस्थाहरुबाट राहात समेत संकलन

शंकर अवस्थी । झलारी , कञ्चनपुर, माघ । १

एम एन आर ह्याप्पी क्लवको आयोजनामा कञ्चनपूरको महेन्द्रनगरमा माघी मिलन तथा चियापान कार्यक्रम सम्पन्न, विभिन्न संघ संस्थाहरुबाट राहात समेत संकलन

एम एन आर ह्याप्पी क्लवको आयोजनामा कञ्चनपूरको महेन्द्रनगरमा माघी मिलन तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित कार्यक्रममा क्यान फेडेरेसन प्रदेश नम्वर ७ कमीटि अध्यक्ष कर्ण पनेरु , क्यान केन्द्रीय सदस्य पुष्कर पनेरु , क्यानका जिल्ला अध्यक्ष करन सिंह पाल, तर्क बहादुर सेठी लगायत क्यान कञ्चनपुरका सदस्यहरुको उल्लेख्य सहभागिता  रहेको थियो । कार्यक्रमा कञ्चनपूर जिल्ला भित्र रहेका विपन्न , अनाथ बालबालिका हरुको लागि राहात समेत संकलन गरिएको छ ।  कञ्चनपूर उद्दोग बाणिज्य संघ, माहाकाली अञ्चल अस्पताल, सुन चाँदी पसल , लगायत विभिन्न संघ संस्थाहरुबाट २९३२३ रुपैया राहात संकलन गरेको क्यान कञ्चनपुरका जिल्ला सदस्य धर्म राज पाण्डेयले बताउनुभयो ।

Comments

comments

You might also like More from author

Leave A Reply

Your email address will not be published.