रेडियो झलारी एफ.एम १०५.९ मेगाहर्जको नयाँ सञ्चालक समिती चयन,छिट्टै सुचना तथा सञ्चार सहकारी लि. मा रुपान्त्रण गरीने

निर्वतमान संस्थाका संस्थापक अध्यक्ष बसन्त प्रसाद भट्ट को संयोजकत्वमा ५ सदस्यीय सल्लाकार समिति समेत गठन गरीयो

शंकर अवस्थी । झलारी । कञ्चनपुर । पुष । २७

रेडियो झलारी एफ.एम १०५.९ मेगाहर्जको नयाँ सञ्चालक समिती चयन ,छिट्टै सुचना तथा सञ्चार सहकारी लि. मा रुपान्त्रण गरीने

रेडियो झलारी एफ.एम १०५.९ मेगाहर्जको नयाँ सञ्चालक समिती चयन भएको छ । झलारी मिडिया प्रा.लि द्धारा सञ्चालित रेडियो झलारी एफ.एफ १०५.९ मेगाहर्ज को आगामी रणनिती एवंम सस्थालाई व्यवस्थित गर्न ७ सदस्यीय सञ्चालक समिति साधारण सभाले आज संस्थाका पुर्व सल्लाहाकार समिति संयोजक मोहन चन्द्र जोशी अध्यक्ष , उपाध्यक्ष पदम बहादुर ऐर, सचिवमा धर्मराज पाण्डेय शितल ,कोषाध्यक्ष डम्बर दत्त भट्ट सदस्यमा क्रमशः अजय घिमिरे,नरेश तिरुवा , सुरेश राज भट्ट सर्व सम्मत चयन गरेको हो आजै सम्पन्न भएको साधारण सभाको बन्द सत्र बाट विरेन्द्र विष्टको संयोजकत्वमा शिव राज पनेरु लक्ष्मी दत्त जोशी सदस्य रहने गरि तीन सदस्यीय लेखा समिति एवं निर्वतमान संस्थाका संस्थापक अध्यक्ष बसन्त प्रसाद भट्ट को संयोजकत्वमा सदस्यहरु क्रमशः डम्बर दत्त अवस्थी राजेन्द्र प्रसाद पाण्डेय, राम चन्द्र पाण्डेय ,झङ्कर बहादुर साउद लगाएतको ५ सदस्यीय सल्लाकार समिति गठन गरिएको छ । नव निर्वाचित अध्यक्ष मोहन चन्द्र जोशीले अव छिट्टै झलारी मिडिया प्रा.लि लाई सुचना तथा सञ्चार सहकारी लि. मा रुपान्त्रण गर्ने प्रतिबद्धता जनाउनु भयो जोशी विगत ३५ वर्ष सम्म शिक्षण पेशा मा आबद्ध हुनुका साथै मा.वि तहका सफल प्रधानध्यापक रहनु भएको थियो । वि.स २०३९ साल देखि शिक्षण पेशा मा आबद्ध जोशी २०४९ सालमा मा.वि तहको स्थायी नियुक्ति पाई २०७४ साल असोज १७ गते शु.न.पा ५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय मा कार्यरत प्रधााना ध्यपक पद बाट मा.वि द्धितीय क्षेणीमा अवकाश पाएका हुन । २०१४ सालमा बैतडीको पुरचौडी नगर पालिका सल्लामा जन्मनुभएका जोशी २०३८ सालमा नेपाली विषयमा भारतको बनारस बाट शास्त्री, २०६० सालमा नेपाल बाट शिक्षा शास्त्री हुदै २०६८ सालमा नेपाली विषयबाट स्नातकोत्तर गर्नु भएको थियो । जोशी विभिन्न धार्मिक तथा साहित्यिक संघ सस्थमा आबद्धका साथै कथा पुराण बाचक पनि रहनु भएको छ । ३३ जना शेयर सदस्य रहेको झलारी मिडिया प्रा.लि. अब सहकारी संस्था लि. को रुपमा स्थापित गर्न निवर्तमान अध्यक्ष बसन्त प्रसाद भट्ट को संयोजकत्वमा नव निर्वाचित अध्यक्ष मोहन चन्द्र जोशी उपाध्यक्ष पदम बहादुर ऐर कोषध्यक्ष डम्बर दत्त भट्ट सदस्य सुरेश राज भट्ट सदस्य डम्बर दत्त अवस्थि लगाएत ५ सदस्यीय सस्थाको शेयर बृद्धि गर्न तथा सुचना सञ्चार सहकारी मा रुपान्त्रण गर्न मुल सतिमि गठन गरिएको छ ।

Comments

comments

You might also like More from author

Leave A Reply

Your email address will not be published.