सिड्नीका नयाँ वस्तीमा नेपालीहरुको जमघट

सिड्नीको दक्षिण पश्चिममा बिकसित हुँदै गरेका नयाँ वस्तीहरुमा नेपालीहरुको बसोबास निकै बढेको छ ।

एक तथ्यांक अनुसार जम्मा पच्चिस हजार घरधुरी रहनेगरी बिकसित हुँदै गरेका ती वस्तीहरुमा आगामी सन् २०२० अघि नै नेपालीहरुका पाँच सय घरधुरी पुग्नेछन् ।

एडमिनसन् पार्क , बार्दिया, लेपिन्टन, अस्ट्रल क्याथरिन फिल्ड , ओरियन पार्क लगायतका नयाँ वस्तीहरुमा नेपालीहरुको बसोबास पछिल्ला दुर्इ वर्षमा बढेको हो ।

केही वर्ष अघि इन्गलबन, ग्लेन फिल्ड , मक्क्वारी फिल्ड र मिन्टो इलाका मा येसैगरी नेपालीहरुको वस्ती बढेको थियो ।

सिड्नीको मुख्य ब्यापारिक शहर भन्दा झन्डै चालिस किलोमिटर बाहिर नेपालीहरुको विकास हुँदै गरेका वस्तीमा सामूहिक पहल पनि सुरु भएका छन् ।

खासगरी नेपाली कला सँस्कृतिको संरक्षण , नयाँ पुस्ताका लागि नेपाली भाषाको जगेर्ना, पाका पुस्ताका लागि सामूहिक भेटघाट र मित्रताका लागि नेपालीहरुको बाक्लो वस्ती हुनु फाइदाजनक छ ।

हालै स्थानीय एडमिनसन पार्क तथा बार्दिया इलाकामा बस्ने नेपालीहरुको एक बैठकले संगठित सँस्था बनाउने , यो इलाकामा बसोबास गर्ने नेपालीको तथ्यांक संकलन गर्ने र सामाजिक गतिबिधिहरु संचालन गर्ने निर्णय गरेको छ ।

गत तिहारमा आयोजित भैलो कार्यक्रममा पनि उल्यख्य उपस्थिति रह्यो । केही दिन अघि आयोजित बनभोजमा नेपालीहरुको उपस्थिति झनै बढेपछी यहाँ सँस्थाको आवश्यकता बढेको बताउँछन एडमिनसन पार्क निवासी खगराज पौडेल ।

उनका दुर्इ छोरीहरु स्वेता र सूचना पौडेल सिड्नीमा स्थापित कलाकार हुन् । उनीहरु यो इलाकामा आफूभन्दा साना भाइबहिनीहरुलाई नृत्य सिकाउँदैछन् ।

यो इलाकाका सामाजिक अगुवा सूर्य गौतमका अनुसार विभिन्न धर्म मान्ने तर आफ्नो नेपाली भाषा र सँस्कृति हुने नेपालीहरुबीच सामूहिक गतिबिधि संचालन गर्दा सबैलाई फाइदा हुने भएकाले सँस्थागत पहल हुन थालेको बताए ।

यो इलाका र नेपाली पनि लक्षित् गरी घर जग्गा ब्यापार सुरु गरेका रिएल स्टेट एजेन्ट बिष्णु प्रभातले अनलाइनखबरसँग भने,‘केही वर्ष अघि सस्तो भएकोले र पछि आफन्त तथा छिमेकीहरुको प्रोत्साहनमा यो इलाकामा नेपालीहरुको वस्ती बढिरहेको छ ।

दक्षिण एसियालीहरु सकभर समूहमा बस्न रुचाउने र आफ्नो सामूहिक सँस्कृति तथा भाषाको सम्रक्षणमा जागरुक छन् ।

यहाँका एम फाइब र एम सेभेन जस्ता ठूला सडक संजालसँग जोडिएको , रेल सेवा बिस्तार भएको तथा निकट भबिस्यमै नयाँ अन्तर्रास्ट्रिय विमानस्थल पनि नेपालीहरुको वस्तीबाट नजिकै पर्ने भएकाले यहाँ नेपालीहरुको वस्ती अझै बढ्ने सम्भावना छ ।

बढ्दो नेपाली वस्ती र जनसंख्यालाई ध्यानमा राखेर नेपाली भाषा सँस्कृतिको संरक्षण गर्न बनेको १३ सदस्यीय समितिको अध्यक्ष बिष्णु के.सी. छन् भने उपाध्यक्ष सिदीप ढकाल , महासचिव दीपाल चिलुवाल, कोषाध्यक्ष अन्जु शर्मा घिमिरे र सदस्यहरुमा सूर्य गौतम , यशोदा श्रेष्ठ , प्रकाश बस्ताकोटी , राज श्रेष्ठ , रामलाल अधिकारी , खगराज पौडेल , मेघराज पौडेल, पुस्कर थापा छन् भने सम्पर्क अधिकृत रबिन नेउपाने रहेका छन् ।

Comments

comments

You might also like More from author

Leave A Reply

Your email address will not be published.