भैरावी मार्फत साम्राज्ञी र प्रदिपको जोडी अब पर्दामा

कार्तिक २५, नेपाली चलचित्र क्षेत्रमा अत्यधिक मनपराएका कलाकार मध्ये प्रदिप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह पनि एक हुन् । अब “भैरवी” मार्फत यी दुइ कलाकार एक साथ जोडीका रुपमा  देखिने भएका छन् । यो जोडीलाई लिएर निर्माता सुवास गिरीले चलचित्र ‘भैरवी’ बनाउने तयारी गरेका हुन् । साम्राज्ञी र प्रदिपले १ महिना अगाडि नै चलचित्रमा काम गर्ने संझौता गरिसकेका छन् र दर्शकहरुले यो जोडीलाई अत्यधिक मनपराउने निर्माण पक्षको दाबि रहेको छ ।

संभवत यो जोडी नेपाली चलचित्र क्षेत्रमा दर्शकले सर्वाधिक प्रतिक्षा गरेको जोडी हुनसक्छ । यो चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन् । चलचित्रको अहिले धमाधम स्क्रिप्टमा काम भैरहेको छ । यो चलचित्रलाई विं.सं २०७५ सालको भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज गर्ने तयारी गरिएको छ । चलचित्रलाई ठूलो क्यानभासमा खिचिने भएको छ ।

निर्माता सुवास गिरीका अनुसार चलचित्र ‘कृ’को प्रदशन लगतै यो चलचित्रको छायांकनको काम सुरु हुने छ । यो चलचित्र ठुलो बजेटमा निर्माण हुन् लागेको छ  साम्राज्ञी र प्रदिप यो चलचित्रका लागि अतिनै उत्साहित रहेको गिरिले बताए । अब दर्शकको यो चाहना करिब १ बर्षपछि पुरा हुने भएको छ ।

Comments

comments

You might also like More from author

Leave A Reply

Your email address will not be published.